देउखुरी, साउन २५ । राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमार चौधरी र थारु आयोगका पदाधिकारी बीच सोमबार छलफल भएको छ ।थारु आयोगका सदस्य सुवोध सिंह थारु सहितको टोलिसंगको छलफलमा उपाध्यक्ष चौधरीले गाउँपालिका क्षेत्रको अवस्था तथा थारु समुदायको अवसर, चुनौति, समस्याका बारेमा बताएकी थिइन ।
त्यसक्रममा थारु समुदायको सांस्कृतिक तथा सामाजिक अवस्थाका वारेमा समेत कुराकानी भएको थियो । थारु समुदायका विभिन्न साँस्कृतिक कला संस्कृति संरक्षणमा पालिका तथा थारु आयोगका बीच हुन सक्ने समन्वयका वारेमा समेत छलफल भएको थियो ।
छलफलमा थारु कल्याणकारी सभा क्षत्रीय समिति देउखरका चेतराम चौधरी, थारु आयोगकी गोमा चौधरी समेतको सहभागिता रहेको थियो । नेपालको संविधानको भाग २७ धारा २६३ मा थारु आयोगको व्यवस्था छ थारु समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा थारु समुदायको सशक्तिकरण गर्न ऐन बनाइएको छ ।