२०८१ चैत्र ४ गते सोमवार

गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

गुल्मी,साउन २१ । गुल्मीमा गएराती ट्याक्टर दुर्घटनामा परेर चालकको ज्यान गएको छ ।

सत्यवती गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिका–५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको हो ।

जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर सडकदेखि १५ ÷२० मिटर तल खसेको, थियो ।

चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै बुधबार दिउँसो सोही गाउँपालिका ४ ढाँडागैरा भन्ने स्थानमा लु २ च १४६८ नम्वरको जिप दुर्घटना हुँदा ५ जना सामन्य घाईते भएको डिएसपी पाण्डेले बताए ।

 

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *