
काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्रले सांसद पदबाट निष्कासन गरेका चार नेतालाई सांसदलाई पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
पार्टीले गरेको कारबाही पछि टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी बुधबार सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
उनीहरूको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनीहरूले माग गरे अनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
अध्यक्ष केपी ओलीले प्रमाणित गरेको पार्टीको दस्तावेजमा उनीहरू एमालेका पार्टी सदस्य रहेको खुलेको, उनीहरूले दल त्याग गरेको जानकारी चैत २६ गते प्रतिनिधिसभा बैठकमा दिइएको देखिएको इजलासमा उल्लेख छ ।
फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई मन्त्रीपनि बनाएका थिए।
त्यसपछि माओवादीले पार्टीको विधानविपरीत अन्य दलको राजनीतिमा सहभागी भएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी चैत २४ गते कारबाही गरेिएको थियो।