२०७८ असोज ८ गते शुक्रवार

राप्ती गाउँपालिका अध्यक्ष ढाई लाख धरौटी बुझाएर तारेखमा छुटे

फाइल तस्विर

दाङ, साउन १८ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदी सोमबार साढे दूई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।देउखुरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दाङ जिल्ला अदालतले तोकेको धरौटी बुझाएर उनी तारेखमा छुटेका हुन ।

जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले गाउँपालिकाका अध्यक्ष अदालतले तोकेको धरौटी बुझाएर धरौटीमा रिहा भएको जानकारी दिए ।सहकारीको पाँच करोड हिनामिनाका प्रकरणमा जिल्ला अदालतले २५ प्रतिबादी मध्य सोमबार गरेको यो पहिलो कारबाही हो ।

सहकारीका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको अभियोगसहित गाउँपालिकाका अध्यक्ष सुबेदीसहित २५ जना बिरुद्ध मुद्दा हालेका थिए ।त्यसैको आधारमा जिल्ला अदालत दाङले गाउँपालिकाका अध्यक्षसहित २० जना बिरुद्ध ३५ दिने म्यादसहित पक्राउ पूर्जी जारी गरेको थियो ।सोमबार आँफै घोराहीस्थित जिल्ला अदालतमा उपस्थित भएका गाउँपालिकाका अध्यक्षसंग अदालतले साढे दूई लाख धरौटी मागेको थियो ।

यसअघि नै सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपानेलाई अदालतले पूर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

रकम हिनामिनाको आरोपित मध्य कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित १९ जना अझैं अदालतमा उपस्थित भएका छैनन् । उनीहरु अझैं फरारको सूचिमा रहेका छन् ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *