२०७८ असोज ८ गते शुक्रवार

बिमला वलीको बिज्ञप्ति – म एमालेमै छु

दाङ, साउन १८ । उपनिर्वाचनका क्रममा दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री वलीले आफू नेकपा (एमाले) रहेको स्पष्ट पारेकी छन् ।

उनले विज्ञप्ति मार्फत आफू एमालेमा फर्किएको जानकारी दिएकी हुन । उनले गत चैत अन्त्यतिर नेकपा माओबादी केन्द्र रोजेकी थिइन ।
उनले आफूले सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको हुँदा माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएको उल्लेख गरेकी छन् ।

वलीले पार्टी विभाजनपछि नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टीको दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत आफु एमाले नै भएको उल्लेख गरेकी छन् ।पछिल्लो समय उनी केही दिन यता माओबादी नेता र प्रदेश सांसदको सम्पर्कमा आएकी थिइनन् । कतियले उनको घाँटीमा समस्या आएका कारण उपचारका लागि नेपालगञ्ज गएको बताएका थिए ।

बिमलाका श्रीमान, प्रदेश सभा सदस्य तथा एमालका नेता उत्तरकुमार वलीको आँफैले चलाएको कार दूर्घटनामा मृत्यु पछि २०७४ साल मंसिरमा भएको उपनिर्वाचनका क्रममा उनी निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *