२०८१ चैत्र १४ गते बिहिवार

लायन्स क्लबका अभियानहरु गाउँगाउँमा पुग्छन ःगभर्नर भट्ट

तुलसीपुर,साउन १५। लायन्स क्लब डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लबका अभियानहरु अब गाउँगाउँमा लैजाने बताएका छन् ।

शुक्रबार लायन्स क्लब अफ दाङ लगाएत ऐरिया नम्बर ५ अन्तर्गत रहेका क्लबहरुको स्टलेसन कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर भट्टले स्थानिय पालिकाहरु र सघं सस्थाको समन्वयमा अभियानहरु गाउँ केन्द्रित गर्दै जाने बताएका हुन्।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गभर्नर भट्टले लायन्स क्लबहरुले स्थानिय पालिकाको समन्वयमा बिजुलि,पानि सडक र चौतारा सहितको लायन्स भिलेज निमार्ण गर्ने बताए।

कार्यक्रममा कोभिड महामारिका बिच आफ्नो जिउको प्रबाह नगरि दिनरात सेवा र राहतमा खटने सामाजिक अभियान्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

लायन्स क्लब अफ दाङका अध्यक्ष गणेश अधिकारि र ईसान क्लबका अध्यक्ष बुद्दप्रकास सिहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लायन्स क्लबहरुले भुकम्प,बाढि,कोभिड १९ ,स्वास्थ्य र शिक्षामा निरन्तर सेवा प्रबाह गरिरहेको भन्दै लायन्स अभियान्ताहरुले गरेको सामाजिक कामको प्रशंसा गरेका थिए ।

त्यस्तै डिष्ट्रिकका सिनियर लायन बिनोद कुमार श्रेष्ठ,पुर्ब गभर्नर राजकुमार श्रेष्ठ,प्रथम उपाध्यक्ष सिबि चन्द, दृतिय उपाध्यक्ष नवराज न्यौपाने,सचिब प्रभाकर पण्डित,रिजन चेयर पर्सन सरस्वति सुबेदि,एजुकेटिभ चिफ लब अधिकारि, निबर्तमान एरिया चिफ युवराज थपलिया लगायतकाले शुभकामना ब्यक्त गरेका थिए ।

सो अबसरमा सिनियर लायन लिडर बिनोद कुमार श्रेष्ठ,दाङका पुर्ब अध्यक्षहरु बिमल रिजाल,यज्ञबहादुर केसि,एमजेएफ लायन लभ अधिकारि,एरिया चिफ टेकनप्रसाद कडेल,निबर्तमान एरिया चिफ युवराज थपलिया,लायन्स लिडरहरु शम्सेर थापा ,धनेश्वर आचार्य,लायन्स क्लब अफ दाङ त्रिसिद्देश्वरिका अध्यक्ष यमुना शाह,मिडाया एण्ड टेक्नोलोजि अफिसर शरद रेग्मी,लायन्स क्लब अफ ईसानका उपाध्यक्ष प्रेम प्रकाश गिरि,लियो क्लब अफ दाङ तुलसीपुरका अध्यक्ष राजेन्द्र महतरा, लियो क्लब अफ तुलसीपुर ईसानका अध्यक्ष प्रबेश भुषाल लगायतकालाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको सहजिकरण एरिया सचिब किशोर भण्डारीले गरेका थिए।

साथै सो अवसरमा सपना भण्डारिको अध्यक्षतामा लायन्स क्लब अफ तुलसीपुर सिटी र हिमाल डाँगीको अध्यक्षतामा लायन्स क्लब अफ दाङ क्यापिटल क्लबको समुदघाटन समेत गरिएको थियो ।

त्यस्तै ठाकुर प्रसाद डाँगीको अध्यक्षतामा यसअघि गठन गरिएको लायन्स क्लब अफ दाङ टिचर्स,बिरेन्द्र खडकाको अध्यक्षतामा गठन भएको लायन्स क्लब अफ कालिका मालिका क्लब र प्रकाश भण्डारिको अध्यक्षतामा गठन भएको लायन्स क्लब अफ सल्यानका पदाधिकारिहरुलाई समेत पदस्थापन गराईएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *