२०८२ बैशाख ११ गते बुधवार

‘आज प्रदेश प्रमुखले काम थाल्नु भयो, भोलिदेखि मुख्यमन्त्री बिरुद्ध हाम्रा गतिबिधि सुरु हुन्छन्’

दाङ, साउन १५ । सर्वोच्चको परमादेशले केन्द्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको छ ।

नयाँ सरकार गठन भएसंगै लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुखहरु पनि फेरिएका छन् । अहिलेको सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरु परिवर्तन गर्न गृहकार्य गरिहेको छ ।

शुक्रबार बुटवल आएर कार्यभार सम्हालेका अमिक शेरचन यसअघि गण्डकी प्रदेशमा प्रदेश प्रमुख थिए । सर्वोच्चको फैसलाले नेकपा एमाले र नेकपा माओबादी केन्द्र अलग भएपछि ओलीले गण्डकी प्रदेश प्रमुख शेरचनलाई पदबाट हटाएका थिए । अहिलेको सरकारले पनि ठिक त्यस्तै गरेको छ ।

लुम्बिनीका यसअघिका प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री अल्पमतमा परेको भन्दै सांसदहरु धर्ना बसेको भएपनि त्यसलाई लत्याएर, संसद छलेर पोखरेल निवासमा गएरै मुख्य मन्त्रीको सपथ दोस्रो पटक खुवाएका थिए । त्यसैले बिपक्षी गठबन्धनका सांसदहरु यादव प्रति रुष्ट बनेका थिए ।

पछिल्लो समय मुख्य मन्त्री अल्पमतमा रहँदा रहँदै पनि नसुनेझैं गरि बलमिच्याँइका साथ कुर्सीमा बसिरहेका छन् । यतिखेर निर्वाचन आयोगले जनता समाजबादी पार्टीको बिबाद समाधान गर्ने क्रममा अध्यक्ष उपेन्द्र यादव नेतृत्वलाई बैधानिकता दिएपछि मुख्यमन्त्री पोखरेल थप डिलमा पुगेका छन् ।

‘जस्लाई पोखरेलले मन्त्री दिएर आफ्नो पक्षमा मिलाउँदै बहुमतको सरकार भएको कुरा गरिरहेका थिए, उनीहरुलाई जसपाले कारबाही गरेको हुँदा पोखरेल अल्पमतमा पुगि सकेका छन्,’ एक सांसदले भने ‘ तर,पनि त्यो प्रक्रियालाई अगाडि बढाउन धर्मनाथ यादव राजी थिइनन्, अब शेरचन आएपछि प्रक्रिया भोलिदेखि नै अगाडि बढ्न सक्छ ।’

ती प्रदेश सांसदका अनुसार प्रदेश प्रमुखका रुपमा शेरचनले कार्यभार सम्हालेकै दिनमा किन, कारबाहीको प्रक्रिया थाल्ने भनेर शुक्रबार मुख्य मन्त्री बिरुद्ध कुनैपनि कारबाहीको प्रक्रिया अगाडि नबढाइएको हो ।

‘ अब एक दूई दिनमै प्रदेश प्रमुखले मुख्यमन्त्री बिरुद्धको कारबाहीको प्रक्रिया फेरि सुरु गर्नु हुन्छ,’ उनले भने ‘ अब शंकर पोखरले कुर्सी छोड्न नमाने गलहत्याएर भएपनि निकाल्ने छौं ।’

चरम अल्पमतमा परि सक्दासम्म पनि शंकर पोखरलेले राजीनामा नदिएको देखेर आफुलाई आश्चर्य लागि रहेको उनले बताए ।

‘लोकतान्त्रिक र संसदीय संस्कार हुन्थ्यो भने शंकर पोखरलेले उहिलै राजीनामा दिएको हुनुपथ्र्यौ,’ ती सांसदले भने ‘ उनमा चरम सत्ता लिप्सा देखियो, अब पनि मार्ग प्रशस्त नगरे गलहत्याउनुको बिकल्प देखिदैन ।’

मुख्यमन्त्री बिरुद्धको प्रक्रिया थालनी गर्न थप दूई तीन दिन लाग्न सक्ने उनले बताए । ‘त्यही हो अब हप्ता दश दिनमा मुख्यमन्त्री नयाँ आउँने छन्,’ उनले भने । मुख्य मन्त्री नयाँ आइ सकेपछि नयाँ मन्त्रीमण्डल गठन हुने र त्यो गठबन्धन दलहरुको आपसी समझदारीमा हुने उनले बताए ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *