२०८१ चैत्र १२ गते मङ्गलवार

मेटमणिले भने – हामी देउवा नेतृत्वको सरकारमा जान्छौ

तुलसीपुर, साउन १५ । नेकपा एमालेका नेता तथा दाङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रचिनिधिसभा सदस्य मेटमणि चौधरीले नेकपा एमाले सरकारमा सहभागि हुने बताएका छन् ।

फरककोण संगको फोन सम्बादतमा एमाले भित्रको माधवकुमार नेपाल समुहका मानिने सांसद चौधरीले आफुहरु प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने स्पष्ट पारे ।

पार्टीले निर्णय गर्न बाँकी रहेको हुँदा ढिलाई भइरहेको भन्दै उनले केही दिनमै आफुहरु सरकारमा सहभागि हुने बताए ।

‘आजै तपाँईले गठबन्धन दलहरुबाट मन्त्रीका लागि सिफारिस गरिएका केही नामहरु थाहाँ पाउन सक्नु हुनेछ,’ उनले भने ‘ कथम कदाचित आज हुन सकेन भने केही दिन भित्रै मन्त्री मण्डल बिस्तार हुने छ ।’

सांसद चौधरीको नाम एमाले बरिष्ठ नेता नेपाल समुहबाट मन्त्री बन्ने चर्चामा छ ।

केपी ‘कुहिएको आलु’

पार्टी एकताको कुरा गर्दा चौधरीले एमाले अध्यक्ष तथा यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली संगै कुनैपनि हालतमा पार्टी एकता नहुने ठोकुवा गरे ।

‘केपी भनेको कुहिएको आलु हुन र कुहिएको आलुमा राम्रो आलु मिसाए के हुन्छ,’ सांसद चौधरीले अगाडि भने ‘ केपी संग पार्टी एकता हुने कुरै हुँदैन ।’ उनले बहुमत नेपाल समुहमा भएको हुँदा आफुहरु नै आधिकारिक नेकपा एमाले भएको दाबीपनि गरे ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *