२०७८ असोज ८ गते शुक्रवार

लुम्बिनीमा जसपाले आफ्ना ३ सांसदलाई गर्यो कारबाही

शंकर पोखरलाई झनै अप्ठेरो

दाङ, साउन १४ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना तीन जना सांसदलाई निष्कासन गरेको छ।सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरिएको उक्त पार्टीले पत्र मार्फत जानकारी दिएको छ ।

जसपाले यसअघि सरकारमा सहभागि भएपनि केही समय पछि असार १२ गते मन्त्री पदबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीलाई भने कारबाही गरेको छैन ।

पार्टीको नीति विपरीत उनीहरु मुख्य मन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै बिहीबार फेरि जसपा अध्यक्ष उपेन्द्र यादवले तीनै जनालाई कारबाही स्वरुप निष्कासन गर्नु परेको उल्लेख गरेका छन् ।

यादवको पत्रमा पार्टीको ह्वीप उल्लंघन गरेको, सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको हुँदा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरिएको उल्लेख छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि पनि वैशाख १६ गते उनीहरुलाई प्रदेश सभा सदस्य र पार्टीबाट निष्कासन गरेका थिए।पार्टीले निष्कासन गरेपछि सर्वौच्च अदालत पुगेका उनीहरुलाई अदालतले जेठ ३ गते परमादेश जारी गर्दै अर्कौ निर्णय नहुँदासम्मका लागि भनेर पद जोगाई दिएको थियो ।

जसपाले तीन सांसदलाई कारबाही गरेपछि मुख्यमन्त्री पोखरेल थप अप्ठेरोमा परेको राजनीतिक बृत्तमा चर्चा हुन थालेको छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *