काठमाडौं, साउन १२ । दाङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफलाई पाएका छन् ।
उच्च अदालत पाटनले मंगलबार महरालाई सफाइ दिएको हो ।
न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतकै फैसला सदर गगरेको हो । यसअघि काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो।
२०७६ साल असोज १२ गते राति महराले मदिरा सेवन गरि संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोग लागेको थियो । अभियोग पछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। जिल्ला अदालतले सफाइ दिएपछि उनी झण्डै ५ महिनापछि थुनामुक्त भएका थिए।
प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार