२०८२ बैशाख ३० गते सोमवार

प्रतिष्ठानमा एक महिलाको अण्डासयको ट्युमरको सफल सल्यक्रिया

 

घोराही, साउन १२ । ट्युमरबाट ग्रसित रोल्पा जिल्लाकी एक महिलाकोे घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सफल अप्रेसन भएको छ । सोमबार प्रतिष्ठानले ३२ बर्षीया ती महिलाको अण्डाशयमा रहेको ट्युमरको सफलता पूर्वक सल्यक्रिया गरेको हो ।

सल्यक्रियामा संलग्न प्रतिष्ठानका प्रसुति रोग विशेषज्ञ डा. बशन्त लामिछानेले सिटिस्क्यान र रेडियोलोजिको सहयोगमा रोगको डाइग्नोसिस गर्न सफल भइ अण्डाशयमा ट्युमर पलाएर पेटभरि फैलिएको ट्यूमरको सफल सल्यक्रिया गरिएको जानकारी दिए ।

ती महिला बिगत ६ महिनादेखि उक्त रोगबाट ग्रसित थिइन । बिभिन्न अस्पतालहरुमा उपचार गराउँदा पनि सञ्चो नभएपछि उनी केही दिन पहिला मात्रै प्रतिष्ठानमा उपचारका लागि आएकी थिइन । ती महिलाको अण्डाशयमा पलाएको ट्यूमर आन्द्रादेखि कलेजोको तहसम्म फैलिएको लामिछानेले बताए ।

‘ ट्यूमर फैलिएर १२ हजार ७ सय ५० सेन्टिमेटरसम्म फैलिएको थियो,’ उनले भने । डा. लामिछानेले टिम बनाई एउटा जटिल प्रकृतिको अप्रेसन गर्न सफल भएको भन्दै खुसी साटे ।

अप्रेसनका क्रममा बिरामीको पेटबाट ६ लिटर तेल जस्तो चिल्लो पदार्थ निकालिएको पनि उनले जानकारी दिए । सल्यक्रियापछि बिरामिको स्वास्थ्य अबस्था सामान्य रहेको र बिरामी डिस्चार्ज भइ सकेको डा. लामिछानेले जानकारी दिए ।

उक्त अप्रेसनमा रेडियोलोजिष्ट डा. बम बिसी, सर्जन डा. रबि आचार्य, एनेस्थेसिया डा. अन्जित केसीसहितको चिकित्सक, नर्सको टोलीले मिलेर काम गरेको थियो ।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *