
काठमाडौं, साउन ११ । जनता समाजबादी पार्टीका नेता तथा निलम्बित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता दाबीको सवालमा तटस्थ बसेका छन् । जसपामा आधिकारिकताको दाबी गर्दै उपेन्द्र यादब र महन्त ठाकुर पक्षधर निर्वाचन आयोगमा पुगेपछि आयोगले सोमबार बहुमत शिद्ध गर्नका लागि दुबै पक्षलाई आयोगमा शररिर उपस्थित गराएको थियो ।
आन्तरिक विवादको निरुपन गर्न कडा सुरक्षा घेराका बीच जेलबाट आयोग लगिएका निलम्बित सांसद चौधरीले कसैको पक्ष वा विपक्षमा हस्ताक्षर नगरि तटस्थ बस्ने निर्णय गरेका हुन ।
पत्रकारसँग कुरा गर्दै जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य चौधरीले आफू तटस्थ बस्ने निर्णय गरेको जानकारी दिएका थिए ।
उनले आफु जेलबाट निर्वाचन आयोग आएर पक्ष र विपक्षको सनाखत गर्न नैतिकताले नमानेको बताएका थिए ।
उनले भने,‘मेरो पक्ष पनि जसपा हो विपक्ष पनि जसपा हो र म जसपाको एउटा कार्यकर्ता हुँ ।’ यसैबीच ५१ सदस्यीय जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ३४ जना सदस्यले उपेन्द्र र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन् ।