२०८२ बैशाख ११ गते बुधवार

जसपाको आधिकारिकताको बिबादको छिनोफानो हुँदै, रेशम चौधरीलाई जेलबाट आयोग लैजाने तयारी

काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टीका नेताहरू सोमबार हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएर संख्या गणना गर्न थालेको छ ।

पार्टी आधिकारिकताको सवालमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुरका बीचमा बिबाद उत्कर्षमा पुगेपछि दुबै समुह आधिकारिकता दाबीसहित निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगले सोमबार यादव वा ठाकुर जस्को पक्षमा बहुमत पुग्छ उसैलाई पार्टीको आधिकारिकता दिने तयारी गरेको छ । त्यसका लागि दुबै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु प्रत्यक्ष रुपमा निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ। त्यसमा यादब पक्षले आफ्नो साथमा स्पष्ट बहुमत अर्थात ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यको हस्ताक्षर रहेको दाबी गरेको छ ।

उपेन्द्र यादबले आफ्नो पक्षमा ३४ जनाको हस्ताक्षर संकलन भइ सकेको र जेलबाट सांसद रेशम चौधरीलाई निर्वाचन आयोगमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *