बुटवल, साउन १ । लुम्बिनी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट स्वीकृत गर्ने तयारी गरेको छ । शुक्रबार बिहानै मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको मन्त्रीपरिषद बैठकले आर्थिक बर्ष २०७८÷०७९ को बजेट स्वीकृत गर्ने सम्बन्धी बिधेक प्रदेश प्रमुख समक्ष पेश गर्न सिफारिस गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश–२०७८ पेश गरेका थिए।
आर्थिक वर्ष २०७८ र ७९ को लागि असार १ गते ४० अर्ब ९४ करोडको बजेट लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको थियो । तर, सरकार नै अल्पमतमा परेपछि प्रस्तुत बजेट पास हुने संभावना देखिएपछि अध्यादेश मार्फत बजेत ल्याउने खोजिएको छ ।
अल्पमतको सरकारले ल्याएको बजेट पारित गर्न नदिने विपक्षी गठबन्धनको रणनीति बुझेर सत्तापक्ष नै बिहीबार बैठक नै बहिस्कार गरेको थियो । प्रदेश सभाबाट बजेट पारित हुने संभावना नभएपछि बिहीबार मध्यरातमा प्रदेशसभा अधिवेशन सूचना मार्फत अन्त्य गरिएको थियो।