२०८१ बैशाख ८ गते शनिवार

निजि विद्यालयका प्रिन्सिपलहरुको बृहत भेला सम्पन्न

तुलसीपुर,असार ३१ । निजि विद्यालयका प्रिन्सिपलहरुको बृहत भेला तुलसीपुरमा सम्पन्न भएको छ ।

निजि तथा संस्थागत विद्यालय समन्वय समिति तुलसीपुरको आयोजनामा समसामयिक विषयमा बिहिवार शान्तिदिप मावि दोघरेमा भेला सम्पन्न भएको हो ।

समन्वय समितिका संयोजक प्रकाश कुमार शर्माको अध्यक्षता तथा नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमको प्रमुख आतित्थ्यतामा भएको भेलामा बल्ने प्रिन्सिपलहरुले भौतिक उपस्थितिमा वैकल्पिक शिक्षण विधि अपनायर पठनपाठन गराउने वातावरण वनाउन भुमिका खेल्न आग्रह गरेका थिए ।

बक्ताहरुले लामो समय विद्यालय बन्द हुदा बलवालिकाहरुले प्राप्त गरेका उपलव्धिहरु समेत गुम्ने खतरा बढेको भन्दै अनलाइन बाहेकका अन्य विकल्प खोज्न आग्रह गरे ।

बजार क्षेत्रमा अनलाइन कक्षा आंशिक रुपमा प्रभावकारी भएपनि ग्रामिण क्षेत्रमा सम्भव नभएको भन्दै अनलाइनको विकल्प खोज्न आग्रह गरे ।

भेलाले तुलसिपुर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा नया विद्यार्थीहरुको अभिलेखिकरण गर्दा स्थानान्तरण प्रमाण पत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।

साथै भेलाले भौतिक उपस्थितिमा वैकल्पिक शिक्षण गर्नका लागि शिक्षा महाशाखामा पहल गर्ने निर्णय गरेको छ ।

सो अवसरमा प्याव्सन दाङका उपाध्यक्ष बिजयमान जि एम , अरणिको माविका प्रिन्सिपल विष्णु प्रसाद आचार्य, एन प्याव्सन तुलसीपुरका अध्यक्ष शालिकराम कार्कि लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

समन्वय समितिका सदस्य मधुसुदन केसीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन प्याव्सन तुलसीपुरका सदस्य गिरिराज बस्नेतले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *