२०८१ बैशाख १४ गते शुक्रवार

देउवा ५ औं पटक प्रधानमन्त्री बने, आजै सपथ

फाइल तस्विर

काठमाडौं, असार २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छन ।
यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन् । राष्ट्रपतिले भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन । प्रधानमन्त्री देउवालाई मंगलबार नै सपथको तयारी भइरहेको छ ।

सर्वौच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
देउवा पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए।

त्यसपछि २०५८ साल, २०६१ साल र २०७४ सालमा चौथो पटक प्रधानमन्त्री भएका थिए।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *