२०८१ चैत्र ३ गते आइतवार

सिकार खेल्न जाँदै गरेका पुन भरुवा बन्दुकसहित पक्राउ

तुलसीपुर , असार २४ । दाङको दंगिशरण गाउँपालिकाबाट एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

दंगिशरण गाउँपालिकाको वडा नं। ३ ड्वाङड्वाँङेका २४ बर्षीय मेघराज पुन मगर भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

स्थानीय तिलकन्या सामुदायिक वनमा वन्य जन्तुको सिकार खेल्न भनेर भरुवा बन्दुक लिएर जाँदै गरेका पुनलाई प्रहरीले सुराकका आधारमा बुधबार राति १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

स्थानीय सामुदायिक वनको ड्वाङड्वाङे चौरमा भरुवा बन्दुकसहित हिडिरहेको अवस्थामा पुनलाई पक्राउ गरिएको डिएसपी रिजालले बताए ।

मगरबारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *