दाङ, असार २३ । बाँकेमा अटोमेटिक पेस्तोलसहित बुधबार दिउँसो एक ब्यक्ति पक्राउ परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ घर भएका शेष हाल वडा नं. २१ पुरैना बस्दै आएका ३१ बर्षीय अजिज अहमद शेष अटोमेटिक पेस्तोलसहित पक्राउ परेका हुन ।
शेष पुरैनाबाट राँझा तर्फ एटलस साईकलमा जाँदै गर्दा नेपालगञ्ज १९ फुटाहबाट एउटा अटोमेटिक पेस्तोलसहित पक्राउ परेको बाँके प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार