२२ गतेसम्मको निषेधाज्ञामा बिद्यालयबाहेक सबै खुल्ने
तुलसीपुर, असार १५ । दाङमा खुकुलो पारी असार २२ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
थपिएको निषेधाज्ञामा बिद्यालय बाहेक लगभग अन्य सबै कुराहरु सञ्चालन गर्न दिने निर्णय भएको छ ।
बिद्यालय भने केन्द्रको निर्णयका आधारमा मात्रै हुने हुँदा बिद्यालय नखोलिएको हो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्ला भित्र सार्वजनिक सवारी साधन बुधबारदेखि नै सञ्चालन गर्न दिने निर्ण भएको जानकारी दिए ।
होटेल तथा रेष्टुराँहरु होम सर्भिसका लागि मात्रै सञ्चालन गर्न दिने यस अघिको निर्णय यथाबत रहेपनि तीपनि अब बिस्तारै खुल्दै जान थालेका छन् ।
सबै खाले पसलहरु साँझ ६ बजेसम्म खोल्न दिइने भएको छ ।
सरकारी लगाएत अन्य कार्यालयहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन खुल्ने छन् ।
प्रजिअ कुरुम्वाङले सबैले अनिबार्य स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै ब्यापार ब्यबसाय सञ्चालन गर्न पाउने बताए ।
जिल्लामा हाल कोरोना भाइरसका १०१ जना सक्रिय संक्रमित रहेका छन्।