तुलसीपुर, असार १४ । सहकारीको पाँच करोड बढी रकम हिनामिना मुद्दामा दाङ जिल्ला अदालतले चार जना कर्मचारीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपानेलाई आइतबार अदालते पूपक्षका लागि थुनामा पठाएको हो ।
जिल्ला न्यायाधिश ऋतेन्द्र थापाको इजलाशले सह–लेखापाल रानाकी २७ वर्षीया श्रीमती उषा राना थापालाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले अब अदालते फरारको सूचिमा रहेका अन्य २० जना बिरुद्ध एक दूई दिन भित्रै पक्राउ पूर्जी जारी गर्ने जानकारी दिए ।
सहकारीका सदस्यहरूले आँफुहरुको पाँच करोड बढी रकम हिनामिना गरेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई प्रतिबादी बनाएर मुद्दा दायर गरेका छन् । तर, गाउँपालिकाका अध्यक्ष सुबेदीले बिज्ञप्ति मार्फत आफु कुनै दिन एउटा सहकारीको संस्थापक तथा जिम्मेवार पदमा रहेर काम गरेको भएपनि बिगत ५ बर्ष यता कुनैपनि पदमा नरहेको जानकारी दिएका छन् ।
उनले बिज्ञप्तिमा मार्फत रकमहिनामिना प्रकरणमा आँफु निर्दोश रहेको र एकाध कर्मचारीले प्रबिधिको गलत प्रयोग गरि रकम हिनामिना गरेको भन्ने कुरा सुनेको हुँदा दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
यो पनि पढ्नुहोस
राप्ती गाउँपालिका अध्यक्ष सुबेदीको हाल आफु सहकारीको कुनैपनि पदमा नरहेको स्पष्टोउक्ती
राप्ती गाउँपालिकाका अध्यक्षसहित २५ जनालाई प्रतिबादी बनाई मुद्दा दायर