२०८१ असार ३ गते आइतवार

राप्ती गाउँपालिका अध्यक्ष सुबेदीको हाल आफु सहकारीको कुनैपनि पदमा नरहेको स्पष्टोउक्ती

तुलसीपुर, असार १३ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले आफ्नो नाम समेत सहकारीको रकम हिनामिना कार्यमा आफ्नो कुनैपनि संम्लग्नता नरहेको स्पष्ट पारेका छन ।

बिज्ञप्ति प्रकासित गरि अध्यक्ष सुबेदीले हाल आफु सहकारीको कुनैपनि जिम्मेवार पदमा नरहेको स्पष्ट पारेका छन् ।

सहकारीको सदस्यले दायर गरेको मुद्दामा गाउँपालिकाका अध्यक्षको समेत नाम रहेको छ । प्रहरीले अध्यक्ष सुबेदीको नाम फरारको सूचिमा उल्लेख गरेको छ ।

अध्यक्ष सुबेदीले आफ्नो तर्फबाट बिगत केही बर्षदेखि आफु संस्थाको कुनैपनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् ।

अध्यक्ष सुबेदीले बिज्ञप्ति मार्फत आफु साबिक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटीयाको संस्थापक र लेखा समिति संयोजक पदमा जिम्मेवारीपूर्वक कार्यकाल सम्पन्न गरि २०७४ असार मसान्तदेखि कुनै पदिय जिम्मेवारी नरहेको स्पष्ट पारेका छन् ।

हाल महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित अन्य तीनवटा सहकारी संस्थाका बीचमा एकीकरण पछि देउखुरी बचत तथा ऋण सहकारी संस्थाको नामबाट सञ्चालन भइरहेको छ ।

गाउँपालिका अध्यक्ष सुबेदीले बिगतमा आफु संस्थापक र लेखासमिति संयोजक हुँदा महाप्रभु बचत तथा ऋण सहकारीको कुशलता पूर्वक कार्यकाल पुरा गरेपनि हाल प्रबिधिको दुरुपयोग गरेर कर्मचारी बिक्रम रानाले रकम हिनामिना गरेको उल्लेख समेत गरेका छन् ।

हाल संस्था सञ्चालनको जिम्मेवारी अन्य पदाधिकारीले लिइरहेको समयमा आफ्नो इज्जत प्रतिष्ठामा आँच आउने गरि तथा चरित्र हत्या गर्ने समाचार प्रकासित भएको भन्दै अध्यक्ष सुबेदीले दुःख ब्यक्त गरेका छन् । साथै उनले आफुमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

अध्यक्ष सुबेदीले संस्थाको पूर्व पदाधिकारीको नाताले आफु प्रहरी प्रशासन र अदालतले गर्ने निष्पक्ष अनुसन्धानमा पूर्णरुपमा सहयोग गर्ने बताएका छन् ।

उनले स्थानीय सरकार प्रमुखको नाताले जनताको रकमको सुरक्षा गर्नु आफ्नो प्रमुख दायित्व हुने उल्लेख गर्दै रकम हिनामिनामा संलग्न जो कोहीलाई कानुन बमोजिम हदैसम्मको कारबाहीका लागि आवश्यक रहेको गर्ने बताएका छन् ।

यसअघि गाउँपालिका अध्यक्षसहित २५ जना कर्मचारी र पदाधिकारी बिरुद्ध देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका सदस्यहरुले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

आरोपित मध्य चार जना कर्मचारीसहित पाँच जना पक्राउ परिसकेका छन् । उनीहरुका बिरुद्ध थुनछेक बहस जारी छ ।

 

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *