२०८३ असार २८ गते आइतवार

कोरोना खोप माग गर्दै कानुन व्यवसायीले सेवा रोके

दाङ, असार ११ । कोरोना खोप माग गर्दै जिल्लाका कानुन व्यवसायीले आफ्नो सेवा बन्द गरेका छन् ।

बन्दी प्रत्यक्षिकरण तथा थुनछेक र कोराना सम्बन्धी मुद्दाबाहेक अन्य मुद्दाहरु उनीहरुले शुक्रबारदेखि हेर्न छोडेको हुन ।

बिहीबार उच्च अदालत बार इकाई तुलसीपुरका अध्यक्ष रबिन्द्रकुमार धिताल र जिल्ला बार इकाई दाङका अध्यक्ष शिबप्रसाद घिमिरेले एक संयुक्त विज्ञप्तिमार्फत कोरोना खोपको ब्यबस्था नहुँदासम्म अत्याबश्यक बाहेक अन्य मुद्दाहरु हेर्न नसक्ने जानकारी दिएका थिए ।

उच्च अदालत तुलसीपुरले जेठ १० गते जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी० लाई खोपको व्यवस्था गर्नु भनि परामादेश जारी गरेको थियो ।

तर, अहिलेसम्म उक्त परामेदश प्रति कुनै सुनुवाई नभएपछि काम रोक्नु परेको कानुन ब्यबसायीले बताएका छन् ।

राज्यको तेस्रो अंगको रुपमा रहेको कानुन व्यवसायी प्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गर्दै आएका छन् ।

कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अग्रपंक्तिमा खटिने कानुन ब्यबसायीलाई खोपको व्यवस्था नहुँदासम्म काममा नर्फकने अडान उनीहरुको छ ।

 

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *