२०८१ चैत्र ३ गते आइतवार

घोराहीस्थित प्रतिष्ठानमा आइसीयू सेवा सुरु

घोराही, असार १ । दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबारदेखि आइसीयू बेड सञ्चालन गरेको .छ ।प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले दश बेडको आइसीयू सेवा सञ्चालन गरेको जानकारी दिइन ।निकट भबिस्यमै त्यसमा थप दश बेड थपेर २० शैयाको आइसियू पु¥याउने गरि काम थालिएको अस्पताल प्रशासनले जनाएको छ ।प्रतिष्ठानले असार भित्रै दूईवटा अक्सिजन प्लान्टपनि जडान तथा सञ्चालन गर्ने तयारी गरेको छ ।

त्यस्तै आँखामा कालो ढुसी अर्थात म्यूकोर्माइकोसिसको परीक्षण र उपचार गर्ने व्यवस्था सुरु गरिएको प्रतिष्ठानले प्रशासनले बताएको छ । जसको उपचारका लागि विशेषज्ञ डाक्टरको ब्यबस्था गरिएको जानकारी दिइएको छ ।थप अन्य दूई जना नाक, कान घाँटी रोग विशेषज्ञको टोलीले रोगको परीक्षण र उपचार गर्ने डाक्टर भण्डारीले बताइन ।

कोरोना भाइरसको तेस्रो लहरबाट बालबालिका धेरै प्रभावित हुनसक्ने संभावनालाई मध्यनजर गर्दै बालबालिकाका लागि २० बेडको आइसीयू, १० बेडको प्रिआइसीयू र ६ बेडको एनआइसीयू छिट्टै सञ्चालन गर्ने गरि तयारी भइरहेको पनि अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै कोराना भाइरसको दोस्रो लहरको जोखिम कायमै रहेको भन्दै प्रतिष्ठानले सम्भावित जोखिमका बिरामीका लागि छुट्टै वार्डपनि सुरु गरेको छ । बिरामी सङ्क्रमणमुक्त भएपछि पनि जोखिम रहने हुँदा छुट्टै वार्ड नै बनाएर उपचार गर्दै आएको छ ।

कोभिड निको भएर घर फर्किएका बिरामीलाई १४ दिनसम्म जटिलता देखिनसक्ने हुँदा उनीहरुका लागि फोन तथा भर्चुअल माध्यमबाट परामर्श दिने र आवश्यक परे फेरि अस्पतालमा बोलाएर उपचार गर्न व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *