२०८० चैत्र १६ गते शुक्रवार

यो बर्षपनि एसइई परीक्षा बिद्यालयको आन्तरिक मूल्याङकनको आधारमा हुने

दाङ, जेठ १८ । एसइई परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिने भएको छ । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले त्यस्तो निर्णय गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्याङकनबाटै एसइई परीक्षा गर्ने निर्णय भएको थियो ।

एसइई परीक्षा यसअघि नै जेठ १३ गतेदेखि तोकिएको भएपनि निर्धारित समयमा कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन सकेको थिएन ।

कोरोना महामारीका कारण गत बर्षपनि एसइईको परीक्षा बिद्यालयको आन्तरिक मुल्याङकन बाटै भएको थियो । गत वर्ष परीक्षा सुरू हुनुभन्दा एक दिन अगाडि मात्रै सरकारले एसइई स्थगित गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो।
गत वर्ष एसइईमा आन्तरिक मूल्यांकनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्यांकनका आधारमा परीक्षा सम्बन्धित बिद्यालयहरुले परीक्षा लिएका थिए ।

जसमा पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्म निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी विद्यालयले राष्ट्रिय परीक्षा बोर्डमा पठाएको नतिजा प्रमाणीकरण गरेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *