२०८१ चैत्र ३ गते आइतवार

काँग्रेस उम्मेदवार पाण्डेय राष्ट्रियसभामा निर्वाचित

 तुलसीपुर , जेठ १७ । नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय राष्ट्रिय सभामा निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेश अन्तरगत रिक्त रहेको उक्त पदमा सोमबार दाङको घोराहीमा भएको उपनिर्वाचनबाट पाण्डे निर्वाचित भएका हुन ।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका थिए । पाण्डेयले ४१४० मत प्राप्त गर्दा खड्काले ३६१२ मत प्राप्त गरेको निर्वाचन अधिकृत ऋतेन्द्र थापाले फरककोणलाई बताए ।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा कुल २९७ जनाले मतदान गरेका थिए। जसमध्ये स्थानीय तहतर्फ खसेको २१२ र प्रदेश सभा तर्फ ८३ मत जनाले मतदानमा भाग लिएका थिए ।

स्थानीय तहतर्फ नेपाली काँग्रेसका पाण्डेयले ११८ मत र एमालेका उम्मेदवार खड्काले ९४ मत प्राप्त गरेका थिए ।

काँग्रेस उम्मेदवारलाई २१२४ र एमाले उम्मेदवारलाई स्थानीय तहमा १६९२ मत प्राप्त भएको थियो ।

स्थानीय तहमा दूई म बदर भएको थियो ।

त्यस्तै प्रदेश सभा तर्फ काँग्रेसका पाण्डेले ४२ मत पाएका पाउँदा एमालेका खड्काले ४० मत प्राप्त गरेका थिए । प्रदेश सभामा काँग्रेस उम्मेदवारलाई २०१६ र एमालेलाई १९२० मत प्राप्त भएको थियो ।

काँग्रेस उम्मेदवार पाण्डेयले कुल ४१४० र एमालेका उम्मेदवार खड्काले कुल ३६१२ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *