२०८१ चैत्र ६ गते बुधवार

सार्वजनिक शैक्षिक संस्थका बिद्यार्थीलाई ल्यापटप किन्न कर्जा दिने सरकारको निर्णय

एउटा सिमकार्ड निशुल्क प्रदान गरिने


दाङ, जेठ १५ । सरकारले सार्वजनिक शैक्षिक संस्थामा अध्यनरत बिद्यार्थीलाई ल्यापटप किन्न कर्जा दिने भएको छ। सार्वजनिक विद्यालय,उच्च माध्यामिक तह र त्यो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पु¥याउने उद्देश्यका साथ ल्यापटप किन्न कर्जा दिने भएको हो ।

एउटा ल्यापटप खरिद गर्नका लागि ८० हजारसम्म कर्जा दिने र त्यो कर्जा २ वर्षसम्मका दिइने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण मार्फत जानकारी दिएका हुन । कर्जाको ब्याज दर एक प्रतिशत मात्रै निर्धारण गरिएको छ ।

सरकारले १६ वर्ष भन्दा माथिका विद्यार्थीलाई एउटा सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ ।

बजेट बक्तब्य मार्फत सरकारले बिद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने व्यवस्था गरेको छ ।

यस्तो कर्जाको ब्याजदर भने अधिकतम ५ प्रतिशत सम्म रहने अर्थमन्त्री पौडेलले बताए । यो कर्जा स्नातक तहभन्दा माथि अध्ययनरत बिद्यार्थीको हकमा मात्रै लागु हुने अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *