२०८३ भाद्र २७ गते शनिवार

आफन्तको मृत्यु पछि भेरी अस्पतालका डाक्टर नर्समाथि हातपात

दाङका मानबहादुर रावतसहित ३ जना पक्राउ


दाङ, जेठ १४ । आफन्तको मृत्यु पछि भेरी अस्पताल नेपागञ्जमा कार्यरत डाक्टर र नर्सहरुमाथि कुटपिट तथा हातपात भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरीका ५४ बर्षीय डिल्लीबहादुर रावतको बिहीबार बेलुका ८ बजेतिर मृत्युपछि उनका भाइ मानबहादुर रावत र छोराहरु भरत रावत, लोकराज रावत लगाएत ४÷५ जनाको समुहले अस्पतालमा कार्यरत डाक्टर तथा नर्समाथि कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ ।

कुटपिटमा संलग्न मध्य मानबहादुर रावतसहित भरत र लोकराजलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । भेरी अस्पताल बिकाश समितिका सदस्य कृष्ण श्रेष्ठले मृतकका आफन्तको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको जानकारी दिए ।

बिरामीको मृत्यु पछि मानबहादुर रावत र उनका आफन्तले आसियू कक्षमै प्रबेश गरि डाक्टर तथा नर्सहरुमाथि हातपात गरेको, पिपिई सेट लगाएका नर्सलाई घाँटी अठ्याउने, लात्ताले हान्ने जस्ता कार्यहरु गरेको श्रेष्ठले जानकारी दिए ।

उनले नर्सहरु भागेर ट्वाईलेट भित्र पसेपनि त्यही पसेर लखेटी लखेटी कुटपिट तथा आक्रमण गरेको जानकारी दिए । कतिपय नर्सहरु ज्यान ज्यान जोगाउन अस्पतालको छतबाट हाम्फालेर भागेको श्रेष्ठले बताए ।

उनीहरुको आक्रमणबाट डा. दिपक गुप्ता, डा. चन्द्रप्रकाश शाहु, डा. समा अनसारी, स्टाफनर्सहरु आश्विन गुरुङ, सदिक्षा गैरे, बन्दना श्रेष्ठ चोट पटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।

डाक्टर र स्टाप नर्सहरु माथि कुटपिट गर्नुका साथै उनीहरुले पंखा, टेबुल, कुर्सी तथा झ्याल ढोका समेत तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ ।

आक्रमणको बिरोधमा राति नै अस्पतालका डाक्टर, नर्स र स्वास्थ्यकर्मीले अस्पताल परिशरमै सुरक्षाको माग गर्दै नाराबाजी गरेका थिए । अहिलेपनि उनीहरु काममा फर्कन नमानिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले बाँके प्रहरी प्रशासन, अस्पताल बिकास समिति, चिकित्सकहरुको बीचमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *