२०८३ असार २८ गते आइतवार

नारायणपुर वाणिज्य संघले २५ सिलिण्डर अक्सिजन रिफिल गरी अस्पतालाई दियो


नारायणपुर, जेठ ११ । नारायणपुर उद्योग वाणिज्य संघले बेलझुण्डीस्थित कोरोना विशेष अस्पताललाई २५ अक्सिजन सिलिन्डर रिफिल गरि हस्तातरण गरेको छ । संघका अध्यक्ष अभियान बस्नेतले २५ सिलिण्डर रिफिल गरि सोमबार हस्तान्तरण गरिएको बताए ।

कोरोना संक्रमित बिरामी अक्सिजनको अभावमा मृत्युको मुखमा पुग्नु नपरोस भन्ने सोचका साथ अक्सिजन सिलिण्डर रिफिल गरि हस्तान्तरण गरिएको अध्यक्ष बस्नेतले बताए ।नारायणपुरमा बाणिज्य संघले कोभिड महामारी व्यवस्थापन कोष सञ्चालन गर्दै आएको छ ।

नारायणपुर क्षेत्रमा बिरामीको सहजताको लागि अटो एम्बुलेन्स समेत सञ्चालन गरिएको छ । संघले नारायणपुर क्षेत्रका विभिन्न पाँच स्थानमा हातधुने साबुन पानीको व्यवस्थापनि गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *