दाङ, जेठ ११ । दाङका थप तीन जनासहित बाँकेमा थप दश जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ की ४० बर्षीया महिलाको भेरी अस्पतालमा सोमबार राति सवा नौं बजे, घोराही १८ का ५१ बर्षीय पुरुषको मंगलबार बिहान २ : १५ बजे कोहलपुरमा, तुलसीपुर ८ का ५३ बर्षीय पुरुषको सोमबार बेलुका साढे ६ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।
यी बाहेक बाँकेका थप पाँच जना र थप दूई जना बर्दिया जिल्लाका संक्रमितको मृत्यु भएको छ ।
उनीहरुको मृत्यु उपचारका क्रममा सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म भएको थियो ।
बाँके जिल्ला फोकल पर्सन तेज वलीका अनुसार यो संगै हालसम्म बाँकेमा ५३८ जनाको मृत्यु भइसेको छ । बाँके जिल्लाका २७९ र बाहिरी जिल्लाका २५९ जना संक्रमितको हालसम्म मृत्यु भएको वलीले बताए ।
प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार