
तुलसीपुर, जेठ ११ । तुल्सीपुर क्षेत्रका युवाहरूले विभिन्न ब्यक्तिसंग आर्थिक संकलन गर्दै बिपन्न बर्गको घर घरमा राहत बाड्न अभियान थालेका छ्न। तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी नेपाल विद्यार्थी संघका दाङ जिल्ला कोषाध्यक्ष अरुण लहरेको नेतृत्वमा बिगत केही समयदेखि अभियान जारी छ ।
दैनिक ज्याला मदजुरी गरेर साँझ बिहानको छाक टार्दै आएका श्रमिक वर्गहरुका लागि राहात बितरणको अभियान सुरु गरेको लहरेले बताए । अभियानमा जेठ ७ गतेदेखि तुलसीपुर ७ गणेशपुरमका विपन्न परिवार र सल्यान घर भइ तुलसीपुरमा कोठा भाडामा बसेर अध्यन गर्दै आाएका बिद्यार्थीबाट सुरु भएको हो ।
तुलसीपुर ७ गणेशपुरमा एक एकपरिवारको आर्थिकस्थिति निकै कम्जोर रहेको तथा हालसालै कोरोनाका कारण परिवारका एक सदस्यको मृत्यु भएको खवर पछि आफुहरु त्यहाँ राहात सामाग्री लगेर पुगेको लहरेले बताए ।दाल, चामल, नुन, तेल लगायतका सामाग्री उनीहरु बितरण गर्दै आएका छन् ।
अभियानको दोस्रो दिन तुलसीपुर ५ को एक परिवार तथा तुलसीपुर ८ का दुई परिवारलाई ९ हजार ४ सय २० रुपैंयाको खाद्यान्न सहयोग गरिएको अभियानका संयोजक लहरेले बताए ।
त्यस्तै जेठ ९ गते तुलसीपुर ७ को दुई परिवार तथा तुलसीपुर ८ अस्वारका एक परिवारलाई ७ हजार २ सय बराबरको राहात ,जेठ १० गते तुलसीपुर ६ का दश परिवारलाई राहात बितरण गरिएको लहरेले जानकारी दिए ।

अभियानलाई नेपाली काँग्रेसका पुर्ब पार्टी सभापति तथा नेता गेहेन्द्र गिरी, नेविसंघ दाङका अध्यक्ष राजकुमार डाँगी लगाएतले अभियान बिपदमा राहात बितरण गर्न हौसला प्रदान गरेको लहरेले बताए ।‘एकातिर भोक र अर्कौ तिर रोगको लडाईमा कसैको जीवन भन्दा अमुल्य यो दुनियाँमा अरु केही छैन भन्ने लागेर हामीले राहात बितरण थालेका हौं,’ लहरेले भने ‘ राज्यको उपस्थिति हुन्थ्यो त हामीले यो सबै गर्न जरुरी थिएन ।’
उनले तुलसीपुर क्षेत्रका बिभिन्न ब्यक्तिबाट सहयोग मागेर राहात बितरण अभियान गर्दै आएको बताए ।उनले महामारीको बिद्यमान अवस्थामा सुधार नआउँदा सम्म अभियान जारी रहने जानकारी दिए ।
