तुलसीपुर,पुुस ६ । टरिगाउँ एयरपोर्टमा टर्मिनल भवन निर्माण गर्न टेन्डर आह्वान भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ टरिगाउँमा रहेको टरिगाउँ एयरपोर्टमा आधुनिक यात्रु प्रतिक्षालय (टर्मिनल भवन) निर्माण गर्नको लागि टेन्डर आह्वान गरिएको छ । भवन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया समेत अगाडि वढाइ सकेको छ । ६० लाखको लागतमा टर्मिनल भवन निर्माण गर्नको लागि प्राधिकरणले टेण्डर आव्ह्वान गगरेको प्राधिकरणले प्रकाशन गरेको टेण्डरमा उल्लेख छ ।
तुलसीपुर उपमहानगरपालिकाकाको पहलमा नियमित विमान सेवा सञ्चालन हुन थालेपछि टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि वढेको हो । ५ दशक भन्दा पहिले निर्माण गरिएको यात्रु प्रतिक्षालय जिर्ण बनिसकेको छ । टर्मिनल भवन निर्माण भएपछि यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।
भवन निर्माणका लागि टेण्डर हुनुले टरिगाउँ विमानस्थलको भबिस्य थप सुरक्षित भएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । ‘यो समग्र दाङ्गको उपलब्धि हो’ पाण्डेले भने ।
काठमाडौमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग लविङ्गमा व्यस्त रहेका पाण्डेले पुस भित्रैबाट विमान सेवा दैनिक रुपमा सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिएका छन् । अस्थायी डिपो निर्माणका लागि पनि स्थलगत अध्ययनमा अर्को साता काठमाडौको टोली आउँने तयारी गरेको पाण्डेले जानकारी दिए ।