दाङ, बैशाख २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न राजनीतिक दललाई बिहीबार बेलुकी ९ बजेसम्मको समय प्रदान गरेकी छन् ।
उनले दलहरूलाई आगामी वैशाख ३० गते बेलुकी ९ बजेसम्म सरकार गठनको समय सीमा दिएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्मा विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति भण्डारीेले संविधानको धारा ७६ (२) अनुसार दलहरुलाई यस्तो आग्रह गरेकी हुन ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबार बेलुका ९ बजेभित्र नेपालको प्रधानमन्त्री चयन गर्न समय दिएकी हुन ।
तीन वर्ष पहिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७४ फागुनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार