२०८१ जेष्ठ १५ गते मङ्गलवार

देउवा, प्रचण्ड र उपेन्द्रले राष्ट्रपतिलाई नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरे


काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकारको प्रक्रिया सुरू गर्न आह्वान गरेका छन् ।

संसदका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकारका लागि सामेबार आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएलगत्तै उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिलाई नयाँ सरकारको प्रक्रिया सुरू गर्न आह्वान गरेका हुन ।

सोमबार नै बैठक सकिए लगतै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि पत्र राष्ट्रपति कार्यालयमा पत्र पठाएर प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत परेको थियो।

जनता समाजवादी पार्टीका १५ जना सांसद तटस्थ बसेका थिए भने १५ जना सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका छन् । जसपबाट उपस्थित ३० जनामध्ये १५ जनाले ओलीको विपक्षमा मत हाले भने पूर्वराजपा समूहका सांसद महेन्द्र राय यादवले पनि प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गरेका थिए।

सोमबार संसद बैठकमा २ सय ३२ जना सांसद उपस्थित थिए।मतदानमा प्रधानमन्त्री ओलीकै दलका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहका २८ सांसदहरु भने पार्टीको ह्वीप उलंघन गर्दै बैठकमै पस्थित भएनन् ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *