२०८२ जेष्ठ ४ गते शुक्रवार

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त, विश्वासको मत पाएनन

काठमाडौं,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्।  विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए।संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । २ सय ३२ मध्ये जम्मा ९३ मत मात्र पाएका थिए। यस्तै उनको विपक्षमा १ सय २४ जनाले मतदान गरेका थिए। १५ जना तटस्थ बसेका थिए।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *