२०८१ बैशाख १३ गते बिहिवार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, वैशाख २७। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। बोर्डले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको जनाएको छ।

एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो।

आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो।

यसपटक एसईई दिने विद्यार्थी पाँच लाखभन्दा बढी छन्। गत वर्ष कक्षा १२ को परीक्षा भने भौतिक रूपमै विद्यार्थी उपस्थित भएर गरिएको थियो।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *