२०८१ जेष्ठ १३ गते आइतवार

लुम्बिनीमा मुख्यमन्त्री बिरुद्ध दोस्रो पटक अबिश्वासको प्रस्ताब दर्ता

दाङ, बैशाख २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध आइतबार फेरि दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको छ। यसअघि वैशाख ६ गते पहिलो पटक पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो।

आइतबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

मुख्य मन्त्री पोखरेलले अल्पमतमा परेपनि बिधि मिचेर पुनः मुख्यमन्त्री बनेको आरोप बिपक्षी दलहरुले लगाएका छन् ।

यसअघि पेश गरिएको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते प्रदेशसभाको बैठक बोलाइएकोमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर संसद अधिवेशन अन्त्य गरेपछि उक्त अविश्वास प्रस्ताव माथि छलफल हुने प्रक्रिया समाप्त भएको थियो।

मुख्यमन्त्री पोखरेलले त्यो बेला सरकार संविधानको धारा १६८ को २ अनुसार भएको र १६८ को १ अनुसार सरकार बनाउन राजीनामा दिएका थिए ।

एकल बहुमत नपुगेपनि मुख्य मन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले पुनः बहुमत सदस्यको हस्ताक्षर पेश गरेको भन्दै पोखरेललाई वैशाख १९ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *