२०८२ बैशाख ७ गते शनिवार

शंकर पोखरेलको स्ट्याटस – बादलसंग खिमलाल देवकोटाको तुलना हुन सक्दैन

दाङ, बैशाख २५ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले गृहमन्त्री रामबहादुर थापा ९बादल० को तुलना नेकपा माओबादी केन्द्रका नेता खिमलाल देवकोटा संग हुन नसक्ने जिकिर गरेका छन् ।

शनिवार बिहान १२ बज्नु भन्दा केही समय पहिले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पोखरेलले उपनिर्वाचनको बिषयमा टिप्पनी गर्दै बादल र देवकोटाको बीचमा तुलना नै हुन नसक्ने लेखेका छन् ।

‘ जसरी माधव कमरेडको तुलना बादल कमरेड संग हुँदैन भनेर हामी भन्छौं,त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्दैन । मनन् गरौं ।’ पोखरेलले लेखका छन् । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को प्रधानमन्त्री केपी शर्मा ओली समुहका लुम्बिनी प्रदेश इञ्चार्ज समेत रहेका मुख्यमन्त्रीको स्ट्याटसमा धेरैले कमेन्ट गर्दै उनको आलोचना गरेका छन् ।

जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा ९बादल० र खिमलाल देवकोटा एक आपसमा भिड्दै छन् ।

२०७४ सालमा बादल बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। तर, पछिल्लो समय उनी नेकपा एमालेमा पार्टी प्रबेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेको हुँदा उनको त्यो पद गुमेको थियो । सोही ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *