२०७८ असार १ गते मङ्गलवार

उपनिर्वाचनमा प्रमुख प्रतिपर्धी बादल र देवकोटाको बीचमा हुने निश्चित

काठमाडौं, बैशाख २४ । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल) र खिमलाल देवकोटा भिड्ने निश्चित भएको छ । शुक्रवार गृहमन्त्री थापाले नेकपा एमलेको तर्फबाट र देवकोटाले नेकपा माओबादी केन्द्रसहित चार दलिय गठवन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि उनीहरु बीचको प्रतिपर्धा निश्चित भएको हो ।

त्यस्तै नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङ उमेदवारी दर्ता गराएका छन् । उनीहरुले हेटौंडा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । जेठ ६ गते हुने उपनिर्वाचनका लागि शुक्रबार अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको सयम निर्वाचन आयोगले निर्धारण गरेको छ ।

२०७४ सालमा बादल बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। तर, पछिल्लो समय उनी नेकपा एमालेमा पार्टी प्रबेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेको हुँदा उनको त्यो पद गुमेको थियो । त्यो पद रिक्त भएपछि सोही ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मात्रै मतदान गर्न पाउने प्राबधान रहेको छ । उम्मेदवारी दर्ता गराउनका लागि एमालेका उम्मेदवार बादल काठमाडौंबाट हेलिकप्टरमा चढेर गर्न हेटौंडा पुगेका थिए।

बादलको प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकास मन्त्री सरस्वती बस्नेत बसेका छन् ।

त्यस्तै देवकोटाको प्रस्तावक माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेस छ। माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल प्रस्तावक र समर्थकमा कांग्रेसकी राधा घले रहेका छन् ।

देवकोटा संघीयताविज्ञ पनि हुन । चार दलको समर्थनमा उम्मेदवारी दिएका देवकोटाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताएका छन ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *