
बुटवल, बैशाख २४ । नेपाली काँग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणका लागि दिने भएको छ ।
कोभिड महामारीको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरूमा बिरामीको लागि बेड अभाव भैरहेक बेला भैरहवा रहेको आफ्नो कार्यालयमा काँग्रेसले आइसोलेन बनाउन दिने निर्णय गरेको हो ।
काँग्रेसस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि एघार बटा कोठासहितको दुईत भवन छ ।
काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि पार्टी कार्यालयमा आइसोलेन निर्माण गर्न दिने निर्णय भएको बताए ।
सभापति रज्जाकले आवश्यकता अनुसार कोभिड बिरुद्ध लड्न अन्य सहयोग पनि गरिने जानकारी दिए ।
प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
