२०८१ चैत्र ९ गते शनिवार

रेहनन् बरिष्ठ गायक प्रेमध्वज प्रधान

काठमाडौं, बैशाख २३ । बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीवार निधन भएको छ। काठमाडौंको न्युरो अस्पतालमा बिहीबार दिउँसो उनको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधानले घुम्तीमा नआउ है, पर लैजाउ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यस्तरी, तिमीलाई अचेल कहाँ भेटूँ …जस्ता लोकप्रिय गीतहरु गाएका छन् ।
‘गोल्डेन भ्वाइस अफ नेपाल’ नामबाट चिरपरिचित स्वर्गिय प्रधानले माइतीघर, जीवनरेखा, मायालु, जस्ता चलचित्रहरुका लागि पनि गीत गाएका छन् ।

बिक्रम संबत २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएका उनी ‘क’ श्रेणीमा उत्तिर्ण भएका थिए । त्यसपछि नै उनको औपचारिक रुपमा संगीत यात्रा सुरु भएको थियो । ८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *