२०८१ बैशाख ८ गते शनिवार

देउबाले अस्विकार गरे प्रधामन्त्री ओलीको प्रस्ताब


काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बीचमा बुढानिलकण्ठमा बुधवार छलफल भएको छ ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफूलाई बिश्वासको मत दिएर सहयोग गर्न आग्रह गर्दै सहकार्यको प्रस्ताव पनि गरेका थिए। तर सभापति देउवाले प्रधानमन्त्री ओलीको प्रस्तावलाई अस्वीकार गरि दिएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए । सभापति देउवाले आफूहरू विपक्षी पार्टी भएकोले पनि विश्वासको मत दिन नसकिने ओलीलाई स्पष्ट जवाफ दिएका थिए ।

संवैधानिक परिषदलगायत अध्यादेश संसद छलेर ल्याइएकोमा देउवाले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाको नेता महतले बताए ।

वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीका विरूद्ध काँग्रेसले मतदान गर्ने निर्णय गरिसकेको नेता महतले बताए । प्रधामन्त्री उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) , अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्वाङका साथ प्रधानमन्त्री ओली देउवा निवास पुगेका थिए ।

देउवा निवासमा भएको छलफलमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत सहभागि रहेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *