काठमाडौं, बैशाख २२ । विपक्षी चारदलिय गठबन्धनले खिमलाल देवकोटालाई गृहमन्त्री रामबहादुर थापा (बादल)का बिरुद्ध राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका चार दलले देवकोटालाई बादलको बिरुद्ध निर्वाचनमा उभ्याउने निर्णय गरेका हुन ।
उपनिर्वाचनका लागि यही शुक्रबार उम्मेदवारी दर्ता गर्ने समय सीमा छ । बागमती प्रदेशबाट २०७४ सालमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा बादल निर्वाचित भएका थिए।
तर पछिल्लो समय बादलले माओबादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेपछि उनको ठाउँमा निर्वाचन हुन लागेको हो । निर्वाचन जेठ ६ गतेका दिन तोकिएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार