२०८१ जेष्ठ १३ गते आइतवार

एमाले प्रदेश सांसद अमरबहादुर डाँगीले छोडे मुख्यमन्त्री पोखरेलेको हात


तुलसीपुर, बैशाख २१ । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचन अमरबहादुर डाँगी नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएका छन् ।

पोखरेलकै पार्टी र उनकै गाउँका डाँगीले मुख्यमन्त्री हात छोडेर प्रदेशसभा सदस्य डाँगीले नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरि चार दलिय गठबन्धको क्याम्पसमा पुगेपछि मुख्यमन्त्री पोखरेललाई राजनीतिक रुपमा थप समस्या उत्पन्न हुने देखिएको छ ।

माओबादी केन्द्रकी सांसद तथा प्रदेश मामिला तथा कानुन समितिकी सभापति दामा शर्माले सांसद डाँगीले मुख्यमन्त्रीको अलोकतान्त्रिक र असंबैधानिक कदमका बिरुद्ध चारदलिय गठबन्धनमा उभिने साहाश देखाएको बताइन ।

शर्माले तीनदिन अगाडि नै सांसद डाँगी आफुहरु संगै प्रदेश प्रमुखको कार्यकक्ष घेराउ कार्यक्रममा सहभागि भइ आफुहरुको कित्तामा उभिएको दाबी गरिन ।

‘ माननिय डाँगीलाई समेत गनेर हामीले ४३ सदसयको हस्ताक्षर बुझाएका थियौं,’ शर्माले भनिन् ।

डाँगीको प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन । यअसघि उनी एमाले भित्र माधबकुमार नेपाल पक्षधर मानिन्थे । डाँगी पार्टी भित्र एक बफादार छबि भएकधो नेताको रुपमा हेरिन्छन् । नेकपा एमाले दाङको संगठन निर्माण र बिस्तारमा उनको ठूलो योगदान रहेको छ । उनी घोराही उपमहानगरपालिकाका पूर्व मेयर पनि हुन ।

डाँगी एमालेको राजनीतिमा डाँगी भन्दा सिनियर नेता हुन । जस्ले राजनीतिका लागि प्रधानाध्यापकको जागिर त्यागेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *