२०८१ चैत्र ६ गते बुधवार

मुख्यमन्त्री पोखरेललाई बहिस्कार गर्ने ४ दलिय गठबन्धनको निर्णय


बुटवल, बैशाख २० । लुम्बिनी प्रदेशमा नेपाली काँग्रेससहित विपक्षी चार दलीय गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई बहिस्कार गर्ने निर्णय गरेको छ ।

सोमबार बुटवलमा आयोजित चारदलीय गठबन्धनको पत्रकार सम्मेलनमा मुख्यमन्त्रीको कदमलाई अवैधानिक दाबी गर्दै चार दलीय गठबन्धनका नेताहरुले सरकारका हरेक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिएका हुन ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका चार दलिय गठबन्धले प्रदेशसभाको बहुमत आफूसँग रहेको दाबी गरे ।

उनीहरुले आफुहरुको गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको जिकिर गरे ।त्यस्तै उनीहरुले प्रदेश प्रमुख धर्मनाथ यादवलाई तत्काल बर्खास्त गर्न माग पत्रकार सम्मेलन मार्फत गरेका छन् ।

गठबन्धनले विमलाकुमारी वली खत्रीले नेकपा माओवादी केन्द्र रोजिसकेका हुँदा उनको किर्ते हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएको आरोप पनि लगाएका छन् ।

पत्रकार सम्मेलनलाई माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *