२०७८ जेष्ठ ४ गते मङ्गलवार

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य पाण्डेय काँग्रेसमा पार्टी प्रबेश


बुटवल, बैशाख २० । नेकपा एमालेको सांसद पदबाट राजीनामा दिएका लुम्बिनी प्रदेश सभा सदस्य दृगनारायण पाण्डेय नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । एमालेका प्रदेश इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल पुनः सोही पदमा नियुक्त भएपछि असन्तुष्टि जनाउँदै पाण्डेले आइतबार पद र पार्टी दुबैबाट एकै साथ राजीनामा दिएका थिए ।

एमाले पार्टी र संसद पद दुबैबाट उनले दिएको राजीनामा स्वीकृत भइसकेको थियो । त्यसैले पाण्डेय सोमबार नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेका हुन ।

पाण्डेय गत निर्वाचन भन्दा पहिले कांग्रेस नै थिए। गत निर्वाचनका क्रममा उनी एमालेमा प्रवेश गरेका थिए । उनलाई एमालेले कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको थियो । जहाँबाट उनी निर्वाचित भएका थिए।

यसैबीच जेठ ६ मा हुने उपनिर्वाचनमा पाण्डेयलाई पाण्डेयलाई राष्ट्रिय सभा सदस्यमा साझा उम्मेदवार बनाउने सहमति भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

माओवादीबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले माओवादी परित्याग गरि एमालेमा पार्टी प्रवेश गरेको हुँदा उनको ठाउँमा उपनिर्वाचन हुने तयारी भइरहेको छ । उनको पद रिक्त रहेको हुँदा उपचनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *