२०७८ जेष्ठ ४ गते मङ्गलवार

शंकरका बिश्वास पात्र उत्तरकी श्रीमति बिमलाले किन त्यागिन एमाले ?

प्रभाव वा दबाब ?


तुलसीपुर, बैशाख १९ । २०७५ माघमा बुटवलबाट प्रदेशसभाको बैठकपछि दाङ तुलसीपुरस्थित घर फर्किरहेका उत्तरकुमार वली कार दूर्घटनामा परे । कार वलीले आँफै हाँकेका थिए । लमही–घोराही सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित जंगल क्षेत्रमा बसले वलीले चलाई रहेको कारलाई ठक्कर दियो ।

कारमा दूई जना सवार मध्य अर्का युवा सामान्ने घाइते भए । गम्भीर अवस्थाका प्रदेश सांसद वली भने होस नै नआई दूर्घटनाको झन्डै १५ दिनपछि काठमाडौंमा उपचारका क्रममा मृत्यु भयो ।त्यसका एक बर्षपछि उत्तरले निर्वाचन जितेको क्षेत्र दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)मा उपनिर्वाचनको घोषणा भयो ।

मंसिर १४ गते निर्वाचन घोषणा भएपछि बिभिन्न आकांक्षीहरुले अगाडि सरे । तर, मुख्यमन्त्री शंकर पोखरेलले उत्तरकी श्रीमति बिमला वली खत्रीलाई उम्मेदवार बनाउन सतप्रतिसत भूमिका खेले ।त्यसभन्दा पहिला बिमला पार्टीको साधारण सदस्य समेत थिइनन् । निर्वाचनमा टिकेट आएपछि बल्ल उनलाई नेकपाले सदस्यता दिएको थियो ।

त्यो सबै हुनुमा उत्तरकुमार वली शंकर पोखरेलका विश्वास पात्र हुनुले गर्दा भएको थियो ।जस्ले पश्चिम दाङमा नेकपा एमालेको एउटा जवरजस्त माहोल नै निर्माण गरेका थिए । यद्यपी उत्तर पहिलो निर्वाचनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसंग उनले पराजय भोगेका थिए ।
तरपनि शंकर पोखरलकै कारण प्रदेश सभाको निर्वाचनमा फेरि उनी उम्मेदवार बनाइए ।

दोस्रो पटक उनी नेपाली काँग्रेसका उम्मेदवार तथा संविधानसभाका सदस्य बुद्धिराम भण्डारीसंग मैदानमा उत्रिए । उनले भण्डारीलाई हराए । भण्डारीले दोस्रो संविधानसभाको निर्वाचनमा शंकर पोखरेललाई पराजित गरेका थिए । त्यसको बदला पोखरेलले आफ्नो चेला मार्फत लिए ।

दंगिशरणको श्रीगाउँ निवासी उत्तर पढाईमा अब्बल थिए । नेपालगञ्जमा कलेज पढ्ने क्रममा उनको र बिमलाको चिनजान भयो । किनकी बिमलाको माइती घर नेपालगञ्ज पनि थियो । उनी त्यही बसेर पढ्थिन ।

उत्तरलाई द्धन्दकालमै माओवादीका मानिसले निर्घात कुटपिट गरेका थिए । त्यसपछि ज्यान जोगाउन भनेर भागेर इण्डिया छिरेका थिए ।

त्यहाँ उनले म्यानपावर एजेन्टलाई समाते । बिमलाका दाजुपनि बैदेशिक रोजगारीमा काम गर्थे । अमेरीका मानिसहरु पठाउने क्रम अहिले पनि उनीहरुको जारी नै रहेको जानकारहरु बताउँछन् ।चतुर उत्तरले बैदेशिक रोजगारीमा छोटो समयमै राम्रो सफलता हासिल गरे । बिदेशबाट उनलाई ठूलो धनराषि हुन्डिमार्फत आयो । जतिबेला झलनाथ खनाल प्रधानमन्त्री थिए । त्यो रकमबारे सरकारले खोजीनिधी थाल्यो ।

उतिबेलाको चलेको चर्चा अनुसार उत्तरले केही पैंशा पार्टीलाई सहयोग गरे । त्यसपछि उनको पैंशाले बैधानिकता पायो । ‘पैंशा देखे भगवानका पनि तीन नेत्र बल्छन्,’ भन्ने नेपाली उक्ति त्यसै भनिएको हैन । उत्तरले बर्षौंदेखि राजनीति गर्दै आएका कयौं अग्रजलाई पछि पार्दै टिकट लिएर आए । सबैलाई चकित पारिदिए ।

पश्चिम दाङमा खासै नेकपा एमालेको माहोस त्यसअघि हुँदैन थियो । उनले निर्वाचनमा माइन्ड, मनि, मसल्स तीनवटै चिजको व्यापक प्रयोग गरे । त्यसकारण पहिलो पटक पराजय बेहोर्दा पनि उत्तरको निकै चर्चा भयो । उत्तरको सहयोगका लागि भनेर देशका बिभिन्न ठाउँका दर्जन बढी युवाहरु निर्वाचनमा होमिएका थिए ।

निर्वाचनको सकिए लगतै तुलसीपुरस्थित वष्टर्न पार्टी प्यालेसबाट उनका सहयोगका लागि युवाहरु घरेलु हतियारसहित पक्राउ परेका थिए । त्यतिबेला सशस्त्र प्रहरी र प्रहरीले होटेल घेरा हालेर उनीहरुलाई पक्राउ गरेको थियो ।

निर्वाचनमा पराजय पछि उत्तरले तुलसीपुरको बरुवा गाउँमा निर्माण गरेको घर नै बचेका थिए ।तर, पछिल्लो निर्वाचन जितेपछि उनले टरिगाउँ एयरपोर्टको सम्मुखमा नयाँ घर निर्माण गरेका छन् । जहाँ उनी राम्रो संग हप्ता दिनजति बस्न नपाई दूर्घटनामा परे ।

बिमला जन्मे हुर्केको रुकुम हो । जहाँ उनको माइतीको पुर्खेउली घर छ । नेकपा माओवादी केन्द्रका प्रभावशाली मानिने नेता जर्नादन शर्माको घरपनि त्यही छ ।

रुकुमबाट हाल बसाई सरी दाङको तुलसीपुर आएका प्रदेशसभा सदस्य रहेका जगप्रशाद शर्मा (अपार) पनि नाताले प्रभाकरका नजिकका नातेदार हुन । जो नेकपा एउटै हुँदा लुम्बिनी प्रदेशको सचिव समेत बनाएका थिए । उनीहरुकै भूमिका र माइतीको प्रभावले बिमला माओवादी केन्द्रमा प्रबेश गरेको चर्चा चल्न थालेको छ । अन्यथा बिमला राजनीतिक खेलाडी होइनन् । उनी टिकट पाएपछि मात्रै राजनीतिमा होमिएकी हुन ।

बिमलालाई उपनिर्वाचनमा माओबादी केन्द्रले भरपुर साथ सहयोग गरेको थियो । माओबादी बिना उनलाई निर्वाचित हुन सहज थिएन । कतिले त्यसैको पैंचो बिमलाले तिरेको हो कि ? भन्ने तर्क गर्छन । तर, खासमा उनी माइती पक्ष वा माओबादीको ठूला नेताको दबाब वा प्रभाव, के कारणले एमाले त्यागिन भन्न सहज अवस्था छैन । कतिपयले उनको यो कदमलाई संसदीय अभ्यासमा हुने सांसद किनबेच अन्तरगतको एक सृङखलाको रुस्पमा अथ्र्याउन थालेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *