बुटवल, बैशाख १९ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका दाबी पेश गरेका छन ।
केसीले आइतबार दिउँसो प्रदेशसभाका ४२ सांसदले गरेको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई बुझाएका हुन । जसमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपाललगायतका ४२ सांसदको हस्ताक्षर रहेको छ।
धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीको पनि त्यसमा हस्ताक्षर रहेको छ । श्रीवास्तव र शाही सूर्य चिन्हबाट निर्वाचन लडेपनि उनीहरू हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता समूहका नेताहरु हुन ।
प्रदेश सभामा हाल ८१ सांसद छन् । यसअघि एमालेको पक्षमा ४१ सांसद रहेको भएपनि सांसद विमला वली (खत्री) ले माओवादी केन्द्र रोजेपछि एमाले संग जम्मा ४० सांसद बचेका थिए ।
प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार