२०८१ चैत्र ९ गते शनिवार

जसपाको ४ प्रदेश सदस्य पदमुक्त

दाङ, बैशाख १६ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चारजना प्रदेश सदस्यलाई पदमुक्त गरिएको छ । प्रदेशसभाले बिहीबार सूचना प्रकाशित गरी जसपाका चार सांसदलाई पदमुक्त गरेको जानकारी दिएको छ ।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरिएको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिको सिफारिसमा उनीहरुलाई पदमुक्त गरिएको हो ।

ती सांसदहरु तीन जना बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलका बिरुद्ध अबिश्वासको प्रस्ताबमा हस्ताक्षर गरे पनि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

जसपाका ६ प्रदेससभा सदस्यमध्ये ४ जना सरकारमा सहभागी भएपछि अबिश्वासको प्रस्ताब समेत असफल हुने संभावना देखिएको छ ।

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले भने लुम्बिनीमा कुनै पनि प्रदेशसभा सदस्यलाई कारबाही नभएको भन्दै बिज्ञप्ति जारी गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *