२०८१ बैशाख ८ गते शनिवार

रहेनन् एक चर्चित फूटबलर भानु बिक्रम राणा

तुलसीपुर, बैशाख १४ । तुलसीपुरका एक चर्चित फूटबल खेलाडी भानु राणाको निधन भएको छ । 

दाङ जिल्ला फुटबल संघका बरिष्ठ जिल्ला उपाध्यक्ष समेत रहेका राणाको बुधबार उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा मृत्यु भएको  पारिवारीक स्रोतले जानकारी दिएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरी निवासी राणा एक चर्चित फूटलर हुन । डिफेन्सबाट खेल्ने राणा, जिल्ला, अञ्चल हुँदै मध्यपश्चिमबाट समेत छनोट भइ राष्ट्रियता प्रतियोगिता खेलका खेलाडी हुन । नेपाल तरुण दलका नेता राणा बिभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध थिए । 

युवामाझ लोकप्रिय राणालाई फूटबल खेल्दा लागेको चोटका कारण क्यान्सर बल्झिएको एक आफन्तले बताए । गत बर्षदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

 फुटवल क्षेत्रको एउटा चम्किलो तारा गुमायौं – श्रेष्ठ 
दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बरिष्ठ उपाध्यक्ष भानु राणालाई गुमाउनु पर्दा संघलाई अपुरणिय क्षति पुगेको बताएका छन् ।

‘हामीले एउटा असल फुटबल प्रेमी, फुटवल क्षेत्रका एउटा चम्किलो तारा र होनाहार खेलाडी  गुमाएका छौं,’ अध्यक्ष श्रेष्ठले भने ‘जिल्ला फुटबल संघ आफ्नो एउटा बलियो खम्बा र गुमाउनु पर्दा मर्माहत बनेको छ ।’ 

अध्यक्ष श्रेष्ठले दाङका हरेक फुटबल प्रेमीहरुका लागि यो एउटा निकै अप्रत्यास र दुःखद खबर भएको धारणा राखे । 

जिल्लाको फुटबल बिकाशमा बरिष्ठ उपाध्यक्ष राणाले एउटा कुशल खेलाडीका रुपमा निर्वाह गरेको भूमिकादेखि संस्थाको बिकाशमा पु¥याएको  योगदान अबिस्मरणिय रहने तर्क गरे ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस
  1. Tek bdr pun says:

    Corona ko bigbigi 6 . Careless nabanau

Leave a Reply

Your email address will not be published. Required fields are marked *