तुलसीपुर, बैशाख १० । तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माण गर्न टेण्डर आब्हान गरिएको छ ।
नेपाल आयल निगम अन्तर्गत इन्जेनिरीङ तथा परियोजना विभागले ३० दिने सूचना सहितको टेण्डर आब्हान गरेको हो ।
नेपाल आयल निगमम इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले टेण्डर आब्हानको समय र मुल्याङ्कनसहित ढिलोमा ४५ दिनभित्र निर्माणको काम सुरु हुने जानकारी दिए ।
दैनिक ३ वटा जहाजले उडान भरेपनि एक महिनासम्म इन्धन पुग्ने गरि ३० केएलका २ वटा अन्डरग्राउण्डेड टयाङ्क निर्माण गरिने भएको छ ।
इन्धन भर्नका लागि टयाङ्क र बाउजर मेसिन तयारी अवस्थामा राखेको निगमले जनाएको छ ।
डिपो निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच कठ्ठा जग्गा उपलब्ध गराएको छ ।
‘हवाइ इन्धन डिपो निर्माणको काम अब अघि बढ्यो,’ तुलसीपुरका मेयर घनश्याम पाण्डेले भने ‘ इन्धन डिपोले तुलसीपुरलाई समृद्ध बनाउन कार्यमा एउटा इट्टा थप्ने काम गर्ने छ ।’
२०११ सालमा स्थापना भएको टरिगाउँ बिमान स्थानल नेपालकै दोस्रो पुरानो एयरपोर्ट हो ।
तर राज्य संचालकको नजर नपुग्दा नेताहरुले ध्यान नदिदा यो एयरपोर्टको अवस्थामा सुधार आउन सकेको छैन ।
पछिल्लो समय यो एयरपोर्टमा नोपल बायुसेवा निगमको बिमानले दैनिक एउटा उडान भर्दै आएको छ ।